मनसुन सक्रिय भएसँगै नागढुङ्गा–मुग्लिङ सडकका लागि विशेष कार्ययोजना लागू, अवरुद्ध भए तत्काल खुलाइने
काठमाण्डौ । मनसुन सक्रिय भएसँगै सडक विभागले पहिरो र बाढीबाट हुन सक्ने अवरोधलाई लक्षित गर्दै नागढुङ्गा–मुग्लिङ सडकखण्डमा ‘मनसुन पूर्वतयारी कार्ययोजना, २०८३’ लागू गरेको छ।विभागका अनुसार पृथ्वी राजमार्गको यस खण्डमा पहिरोको उच्च जोखिम रहेकाले सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण तथा द्रुत प्रतिकार्य टोली २४सै घण्टा तयारी अवस्थामा राखिएको छ।...

