नयाँ कर नीतिपछि ईभी बजारमा मूल्य हेरफेर: केही सस्तिए, केही महँगा
काठमाण्डाौ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले विद्युतीय (ईभी) सवारीसाधनमा लागू हुने कर प्रणाली परिवर्तन गरेपछि नेपाली बजारमा विभिन्न ब्रान्डका गाडीको मूल्य पुनः निर्धारण हुन थालेको छ। यसअघि मोटर पावरका आधारमा कर लाग्ने व्यवस्था हटाएर अब गाडीको सीआईएफ(Cost, Insurance and Freight) मूल्यका आधारमा कर निर्धारण गरिएकाले बजारमा मिश्रित प्रभाव देखिएको हो।

