एकल ग्राहकलाई तोकिएभन्दा बढी सेयरकर्जा दिने बैंकले सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने
काठमाण्डौ । नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै बढ्ने सम्भावना बोकेको सेयर बजारमा कर्जा लिएर लगानी गर्न चाहनुहुन्छ भने खुशीको खबर छ । बजार तथा लगानी गर्ने स्क्रिप्टहरुको राम्रो अध्ययन गरी लगानी गर्न चाहनेहरुका लागि नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बढाएको एकल ग्राहक कर्जाको सीमा सम्बन्धी व्यवस्था साउन १ गतेदेखि नै कार्यान्वयनमा आउने भएको छ ।