विश्वकपमा ब्राजिललाई ठूलो राहत, नेयमार स्कटल्यान्डविरुद्ध टिममा फर्किने सम्भावना
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलअघि ब्राजिलले ठूलो राहत महशुस गरेको छ। टोलीका स्टार फरवार्ड नेयमार चोटमुक्त हुँदै मैदान फर्किने तयारीमा रहेका छन्।पिँडुलाको चोटका कारण प्रतियोगिताका पहिलो दुई खेल गुमाएका नेयमारले शनिबार अमेरिकाको न्यू जर्सीमा बलसहित अभ्यास गर्दै पुनरागमनको संकेत दिएका छन्। ब्राजिलियन क्लब सान्तोसका ३४ वर्षीय फरवार्डको...

