राफेल विमानबारेको विवादपछि भारतमा राजनीतिक आरोप–प्रत्यारोप, राहुल गान्धीमाथि भाजपा प्रवक्ताको माफी माग्न माग
काठमाण्डौ । पाकिस्तानसँग सम्बन्धित “अपरेसन सिन्दूर” का क्रममा भारतका राफेल लडाकु विमान खसालिएको भन्ने दाबी गलत साबित भएको चर्चा भारतमा तीव्र बनेको छ। भारतीय वायुसेनाको एउटा आधिकारिक दस्तावेज सार्वजनिक भएपछि उक्त दाबीमाथि प्रश्न उठेको बताइन्छ।

