रसुवामा ३ करोडभन्दा बढीका अवैध सामग्री बरामद
काठमाण्डौ । रसुवामा चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म सञ्चालन गरिएको संयुक्त निगरानी तथा राजस्व चुहावट नियन्त्रण अभियानमार्फत ठूलो परिमाणमा अवैध वस्तुहरू बरामद गरिएको छ। भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मको संयुक्त समन्वयमा गरिएको कारबाहीबाट करिब ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिइएको...

