काठमाण्डौ उपत्यकामा १९% ले घट्यो सडक दुर्घटना
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा सडक दुर्घटनाको संख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा दुर्घटना करिब १९ प्रतिशतले कमी आएको हो।कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकामा आठ हजार ८८१ वटा सडक दुर्घटना भएका थिए। उक्त संख्या आव २०८१/८२ मा घटेर सात हजार...

