ब्रेकफास्टको अम्लेटमा माछाको काँडा भेटिएपछि चितवनको होटललाई ३ लाख जरिवाना
काठमाण्डौ । चितवनको भरतपुर विमानस्थल अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी खाद्य सेवा दिएको भन्दै तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।घटना गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्ट गर्ने क्रममा भएको हो। होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि उनले तत्काल गुनासो गरेका थिए।

