अनामनगर सडक विस्तारका क्रममा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण
काठमाण्डौं । मुलुकका विभिन्न स्थानमा नदी, खोलानाला, सडक किनार तथा सार्वजनिक जग्गा अतिक्रमणका घटना सार्वजनिक भइरहेका बेला देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी जग्गासमेत मिचिएको तथ्य बाहिर आएको छ । सरकारी छानबिन प्रतिवेदनअनुसार सडक विस्तारका क्रममा मापदण्डविपरीत एकतर्फी रूपमा सिंहदरबारभित्रबाट मात्रै जमिन काटिँदा ठूलो परिमाणमा सरकारी जग्गा अतिक्रमणमा...

