सत्ता–विपक्ष सहमतिनजिक, संसद गतिरोध अन्त्य हुने संकेत, प्रधानमन्त्री शाहले जेठ १९ मा संसदमा सम्बोधन गर्ने तयारी
काठमाण्डौं । प्रधानमन्त्रीको संसद उपस्थितिलाई लिएर लामो समयदेखि देखिएको सत्ता–विपक्ष टकराव अन्ततः सहमतितर्फ उन्मुख भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सहित प्रमुख दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा भएको छलफलपछि प्रतिनिधिसभाको अवरोध खुलाउने समझदारी बनेको हो ।

