बागमतीमा सवारी लाइसेन्सका सबै शुल्क दोब्बर, साउनदेखि नयाँ दर लागू
काठमाण्डौ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै प्रकारका शुल्क दोब्बर बनाएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयक, २०८३ मार्फत आवेदन, नयाँ लाइसेन्स, नवीकरण तथा वर्ग थपसम्बन्धी नयाँ शुल्कदर निर्धारण गरिएको हो।

