विद्यालय परीक्षामा नयाँ व्यवस्था : ७५ प्रतिशत हाजिरी अनिवार्य, कक्षा ५ सम्म परीक्षा हटाइने
काठमाण्डौ । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणालीमा एकरूपता ल्याउन लेटरग्रेडिङसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार विद्यालयमा कम्तीमा ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउनेछन्।शिक्षा मन्त्रालयले विद्यालय तहका परीक्षामा अपनाइँदै आएको फरक–फरक ग्रेडिङ प्रणाली हटाउँदै सबै कक्षामा समान मूल्यांकन...

