सामाजिक सुरक्षा कोषमा योगदान रकम सवा एक खर्ब नाघ्यो, ३० लाख बढी योगदानकर्ता आबद्ध
काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ। उक्त रकम सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट संकलन भएको कोषले जनाएको छ।कोषका अनुसार हालसम्म २३ हजार ४९० रोजगारदाता र ३० लाख ४३ हजार २०० योगदानकर्ता सूचीकृत भएका छन्। यस अवधिमा विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत रु २१ अर्ब २७...

