राष्ट्रिय धान दिवस मनाइँदै, पानी नपर्दा रोपाइँ प्रभावित, धान–चामल आयात भने अर्बौंमा
काठमाण्डौ । मुलुकभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ।‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ दिवस मनाइरहँदा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ भने अपेक्षाकृत सुस्त देखिएको छ।

