ट्राफिक नियम उल्लङ्घन बढ्दै, एक दिनमै २२ लाख ७४ हजार उठ्यो
काठमाण्डां । एकै दिनमा ट्राफिक कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घनमा गरिएको कारबाहीबाट एकै दिनमा कुल २२ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरीले उपत्यकाभर विभिन्न स्थानमा गरिएको नियमित तथा आकस्मिक चेकिङका क्रममा नियम नमान्ने सवारीसाधनमाथि कारबाही गरेको थियो...

