पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको कानूनी बाटो खुला, मेडिकल कलेजमा २ हजार विद्यार्थी थपिने
काठमाण्डौ । १०० शय्या वा सोभन्दा बढी क्षमता भएका मेडिकल कलेजहरूले अब पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएपछि यो व्यवस्था अघि बढेको हो।

