जलस्रोत जोगाउन कडा कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बढ्दो प्रदूषणबाट जलस्रोत जोगाउन कडा कानुनी नियमनसँगै जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन्।मंगलबार सिंहदरबारमा जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विधेयकबारे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको छलफलमा मन्त्री श्रेष्ठले उद्योग र स्थानीय तहबाट निस्कने फोहोर जथाभावी नदीनालामा...

