सोमबार, असार २,२०८२ 05:17:39
  • सोमबार, असार २,२०८२ 05:17:39
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड, १७.७१ लाख आवेदकको हात खाली

Hyundai Nepal
क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड, १७.७१ लाख आवेदकको हात खाली
Nabil Bank Limited

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।  

उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँड सम्पन्न भएको हो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिमार्फत आईपीओ बाँडफाँड भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।  

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ आवेदकबाट २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

यसमध्ये १९ लाख ५५ हजार ६८५ आवेदन सदर भएको र १० हजार १२६ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।  

यसरी कुल सदर आवेदकबाट २ करोड २५ लाख ८४ हजार ७७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख ७१ हजार १८५ सदर आवेदकको हात भने खाली भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.