काठमाण्डौ । सरकारले देश भित्रका सबै किसिमका रोजगारहरुमा संलग्न व्यक्तिहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा यस्तो घोषणा गरेका हुन् ।
सबै खालका रोजगारीहरुमा योगदानमा आधरित सामाजिक सुरक्षाको कोषको भूमिका र दायरा विस्तार गर्ने बताइएको छ । जसअन्तगर्त सबै किसिमका कम्पनी संगठित संस्था तथा सहकारी मा काम गर्ने कर्मचारीहरु लाभान्वित हुने जनाइएको छ ।