काठमाण्डौ । सरकारले विसं २०८३ साल भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले २०८३ साल भित्र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणअनुसार नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्ने योजना लिएको बताए ।
साथै, कसूरजन्य सम्पत्ति जफत गरिने पनि नीति तथा कार्यक्रममा रहेको छ । भष्टचार विरुद्ध शून्य सहनशिलताको निती लिइने समेत उनले बताए ।