काठमाण्डौ । सरकारले युवा वर्गलाई कृषिमा आकर्षित गर्न भूमि कृषि सामाग्री,बीमा खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम लागू गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आवद्ध गरी पाइलट प्रोजेक्ट सुरु गरिनेछ। ’ राष्ट्रपति पौडेलले बताए ।