काठमाण्डौ । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना रहेका छन् ।
सबैभन्दा धेरै काठमाण्डौबाट ६८ हजार १३३ जना र सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षाका लागि देशभर १ हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ सबैभन्दा बढी काठमाण्डौमा १६२ र कम मनाङ(मुस्ताङमा एकएक केन्द्र निर्धारण गरिएको छ।
परीक्षाका लागि त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब २ हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।