काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
पौडेलर प्रचण्डबीच आज बिहान प्रचण्डको निवास खुमलटारमा छलफल भएको हो । भेटघाटका क्रममा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको थियो ।
सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको थियो । सरकारले जेठ १५ गते आगामी आर्थक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ ।