शनिबार, जेष्ठ २,२०८३ 02:29:55
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:29:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ शैलीमा कर छलीको संकेत, महालेखाको गम्भीर टिप्पणी

Laxmi Sunrise Bank Limited
सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ शैलीमा कर छलीको संकेत, महालेखाको गम्भीर टिप्पणी
Shivam Cement

काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले नेपालको पूँजीबजार प्रणालीभित्र गम्भीर राजश्व जोखिम, कर चुहावट र नियामकीय कमजोरी रहेको औँल्याउँदै शेयर बजारको कारोबार प्रणालीमाथि कडा प्रश्न उठाएको छ ।

६२औँ वार्षिक प्रतिवेदनमा महालेखाले विशेषगरी नेप्से, सिडिएससी र आन्तरिक राजश्व विभागबीचको प्रणालीगत असम्बन्धका कारण वास्तविक पूँजीगत लाभ यकिन गर्न नसकिएको उल्लेख गरेको छ । 

प्रतिवेदनअनुसार हालसम्म शेयर कारोबार, मेरो शेयर र कर प्रशासनबीच पूर्ण डिजिटल इन्ट्रिग्रेसन नहुँदा लगानीकर्ताले स्वघोषणाका आधारमा कर तिर्ने अवस्था रहेको छ, जसले राजश्व चुहावटको जोखिम बढाएको महालेखाको ठहर छ ।

Bizshala
New Office
CG Motors

महालेखाले सबैभन्दा संवेदनशील विषयका रूपमा ‘भारित औसत लागत’ (WACC) प्रणालीलाई औँल्याएको छ । अहिले लगानीकर्ताले मेरो शेयरमार्फत शेयरको लागत मूल्य आफैं प्रविष्ट गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाको दुरुपयोग गर्दै कतिपय लगानीकर्ताले वास्तविक लागतभन्दा बढी मूल्य देखाएर नाफा कम देखाउने र त्यसअनुसार पूँजीगत लाभकर घटाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा बोनस र हकप्रद शेयरको कर गणनामा समेत गम्भीर नीतिगत अन्योल रहेको उल्लेख गरिएको छ । बोनस शेयरको लागत मूल्य केलाई मान्ने, बजार मूल्यका आधारमा कर गणना गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा अर्बौं रुपैयाँ बराबरको सम्भावित कर ‘ग्रे एरिया’मा रहेको महालेखाको निष्कर्ष छ ।

त्यस्तै, व्यक्तिगत लगानीकर्ताका लागि ५ र ७.५ प्रतिशत तथा संस्थागत लगानीकर्ताका लागि १० प्रतिशत पूँजीगत लाभकर दर कायम भएकाले केही संस्थागत लगानीकर्ताले व्यक्तिगत खातामार्फत कारोबार गरी कम कर तिर्ने प्रवृत्ति समेत देखिएको प्रतिवेदनले संकेत गरेको छ । महालेखाले यसलाई बजार सुशासन र ‘इन्साइडर ट्रेडिङ’सँग जोडिएको जोखिमपूर्ण अभ्यासका रूपमा व्याख्या गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

महालेखाले अब नेप्से, सिडिएससी र आन्तरिक राजश्व विभागको प्रणाली पूर्ण रूपमा एकीकृत गरी अटोमेटेड कर गणना प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको छ । साथै, धितोपत्र बोर्डलाई अस्वाभाविक कारोबार, कर छली, डिजिटल कारोबार तथा लाभकर प्रणालीमाथि थप कडा निगरानी बढाउन पनि सुझाइएको छ ।

प्रतिवेदनमा आगामी दिनमा पूँजीबजार क्षेत्रमाथि ‘स्पेशल अडिट’ हुन सक्ने संकेत समेत गरिएको छ । यसले विशेषगरी WACC स्वघोषणा, पूँजीगत लाभकर, बोनस तथा हकप्रद शेयरको कर गणना र लगानीकर्ताको कर विवरणमाथि नियामकीय निगरानी उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिएको छ ।

यदि महालेखाले दिएका सुझाव कार्यान्वयनमा गए, शेयर बजारको कर प्रणाली थप पारदर्शी, डिजिटल र कडा बन्ने मात्र होइन, पूँजीगत लाभकर संकलनमा उल्लेख्य वृद्धि हुन सक्ने देखिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.