काठमाण्डौ । काठमाण्डौको त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डौनै डाईभर्ट गरिएको छ । आज बिहान काठमाण्डौबाट लक्लाका लागि उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ को जहाजमा प्राविधिक समस्या देखिएको थियो ।
जसपश्चात उक्त विमान काठमाण्डौको त्रिभुवन विमानस्थलमै फर्काइएको हो । उक्त विमान सुरक्षित साथ अवतरण गराइएको र जहाजमा सवार सबैजना सुरक्षित रहेको जनाइएको छ ।
उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए ।