काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२ ८३ को बजेटलाई फाइनल गर्नुअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।
अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवर्धन लगायतका विषयमा परामर्श गरेका जारी विज्ञप्तिमा जनाइएको छ ।
अर्थमन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा छन् । बजेटमा लिइने नीति तथा गरिने नयाँ व्यवस्थाहरुको विषयमा सूचना चुहिने डरले अर्थमन्त्रालयमा सर्वसाधारणको आवतजावत समेत शुक्रबारदेखि कडाई गरिएको छ ।