काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्नेछ ।
यस्तै आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने जनाइएको छ ।
आज संघिय संसद्मा अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।