आईतवार, जेष्ठ ३,२०८३ 12:16:34
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:16:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’, यस्ता छन् फिचर्स

Laxmi Sunrise Bank Limited
एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’, यस्ता छन् फिचर्स
Shivam Cement

काठमाण्डौ । नेपाल एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्टिक गाडी भविष्पदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ ।

एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ। ५०÷५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ।

अपग्रेड गरिएका फिचरहरू

–रियर पार्किङ क्यामेरा

–सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि

–फास्ट चार्जिङ(७ किलोवाट)

–३.५ घण्टामै ० प्रतिशतबाट १०० प्रतिशत चार्ज हुने( छिटो, सहज र प्रभावकारी

–पावर फोल्डेबल साइड मिरर  

–स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन

–सक्षम, भरपर्दो र यात्राको लागि तयार

Bizshala
New Office
CG Motors

कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । आइपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ।

उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन

कमेट इभीमा १०.२५ इन्चको डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट की को सुविधा समेत दिइएको यस इभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने कम्पनीको भनाई छ।

सुरक्षामा छैन कुनै सम्झौता  

एमजी कमेट इभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्, जस्तैः

–डुअल फ्रन्ट एअरब्याग

–एबिएस र इबिडी

–अगाडिको र पछाडिको ३ –पोइन्ट सिटबेल्ट

–रियर पार्किङ क्यामेरा र सेन्सर

–टिपीएमएस (टायर प्रेशर मनिटरिङ सिस्टम–इनडाइरेक्ट)

–ईसोफिक्स चाइल्ड सिट एन्कर

गाडीको स्ट्रक्चरमा १७ वटा हट स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

वारेन्टी र सेवा  

–भी ब्याट्रीमा ८ वर्ष÷१,२०,००० किमीको वारेन्टी

–हाई भोल्टेज कम्पोनेन्टमा ३ वर्ष÷१,००,००० किमी वारेन्टी

एमजीका सेवा केन्द्रहरू काठमाण्डौ ( कुसुन्ती, सुकेधारा), भक्तपुर, बिराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा उपलब्ध छन् । चार्जिङ स्टेशनहरू काठमाडौं, बिर्तामोड, बिराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.