सोमबार, असार २,२०८२ 02:46:30
  • सोमबार, असार २,२०८२ 02:46:30
Global IME Bank Limited

सुन, हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरावलोकन गर्न महासंघको माग

Hyundai Nepal
सुन, हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरावलोकन गर्न महासंघको माग
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर(भ्याट) पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ ।  

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा रत्न तथा आभूषण संघको प्रतिनिधीमण्डलबीच आइतवार महासंघ सचिवालयमा यस विषयमा भएको छलफल भएको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर (भ्याट)का विषयमा महासंघले यसअघि नै बजेटको प्रतिक्रियामा करका यी प्रावधानले व्यवसाय तथा रोजगारीमा प्रभाव पर्ने औपचारिक धारणा सार्वजनिक गरेको थियो ।    

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले करका यी प्रावधानहरुले  व्यवसाय नै धरासायी हुने भन्दै पुनरावलोकन गर्न माग गर्दै आएका छन् । तीनवटै संस्थाका प्रतिनिधिहरुले यस विषयमा आवश्यक पहल गर्न उद्योग वाणिज्य महासंघलाई आग्रह गरे ।

महासंघका अध्यक्ष ढकालले व्यवसायीहरुले उठाएका विषयहरु सान्दर्भिक रहेको उल्लेख गर्दै महासंघको तर्फबाट आवश्यक पहल गर्ने बताए । “ व्यवसायीहरुले उठाएको यो  विषय आम उपभोक्ता र रोजगारीसँग जोडिएको विषय हो । प्रस्तावित कर नीतिले व्यवसायी र आम उपभोक्तालाई गम्भीर असर पर्ने देखिन्छ । मुअकर पुनरवलोकनको लागि महासंघले सरकारसंग आवश्यक पहल गर्नेछ ।” उनले भने । 

बजेटमा प्रस्तावित २ प्रतिशत विलासिता करले सुनको कारोबारमा बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) निम्त्याउने र उपभोक्तालाई ६ प्रतिशतसम्म थप मूल्य तिर्न बाध्य बनाउने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघको दाबी छ । यसले सुनको बजारमा मन्दी निम्त्याउने, फिर्ता बिक्री (बाईब्याक) प्रणालीमा अवरोध पुग्ने र उपभोक्ताको विश्वास घट्ने खतरा रहेको दुवै महासंघको धारणा छ ।

हिरा तथा बहुमूल्य पत्थरमा लागू गरिएको १३ प्रतिशत भ्याटले सुनका गहनाको मूल्यमा थप १९ प्रतिशतसम्म मूल्यवृद्धि हुने विश्लेषण छ । यसले गहनाको मूल्य बढ्ने, अवैध आयातलाई प्रोत्साहन गर्ने,आम उपभोक्तालाई गम्भीर आर्थिक भार पर्नुका साथै २५ हजार व्यवसायी र १५ लाखभन्दा बढी कालिगड र मजदुरको रोजीरोटीमा असर पर्ने व्यवसायीहरुको दाबी छ।

दुवै महासंघले सरकारसँग सुन र सुनका गहनामा लागू २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गहनामा लागू १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनचाँदी कारोबारलाई प्रोत्साहन गर्न दीर्घकालीन ऐन, नियम र नीति निर्माण गर्नुपर्ने मागहरू राखेका छन् ।  

यस्तै कर संरचना परिवर्तन गर्नुअघि व्यवसाय र रोजगारीमा पर्ने प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने,  छिमेकी मुलुक भारतमा जस्तै भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने तथा निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टीडिएस खारेज गर्नुपर्ने माग राखेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.