काठमाण्डौ । इजरायल–इरान युद्धका कारण सुनको भाउ निरन्तर वृद्धि भईरहेको छ । जब संसारमा कुनै विपत्ति आइपर्छ, सुनको चमक बढ्छ। यसको कारण भनेको सुनलाई लगानीको सुरक्षित माध्यम मान्नु हो । विश्भरका सरकारहरुले पनि आफ्नो कोषमा धेरैभन्दा धेरै सुन राख्ने गर्छन् । अमेरिकामा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार छ।
भारत, चीन, टर्कि र पोल्याण्ड जस्ता देशका केन्द्रीय बैंकहरूले पनि हालैमा आफ्नो भण्डारमा सुनको मात्रा बढाएका छन् । यसको एउटा कारण डलरमा निर्भरता कम गर्नु हो। सुनको चमकले हरेक युगमा मानिसलाई आकर्षित गरेको छ। प्राचीन कालदेखि नै सुनलाई गहना र लेनदेनको माध्यमको रूपमा प्रयोग गरिदै आईरहेको छ ।
एक अनुमानअनुसार हालसम्म विश्वमा २०८,८७४ टन मात्रै सुन उत्खनन भएको छ । तर अझै पनि दुई करोड टन सुन समुद्रको जमिनमुनि रहेको छ । फोर्ब्सको रिपोर्ट अनुसार यसको मूल्य ७७१ ट्रिलियन टन हुन सक्छ। यो विश्वको कुल जीडीपीको सात गुणा र अमेरिकाको कुल ग्राहस्थ उत्पादनको लगभग २५ गुणा बढी हो।
एक अनुमान अनुसार विश्व अर्थतन्त्रको आकार १०० ट्रिलियन डलर र अमेरिकी जीडीपीको आकार ३०.५० ट्रिलियन डलर छ । अमेरिकाको राष्ट्रिय महासागर सेवाका अनुसार उत्तरी प्रशान्त र एट्लान्टिक महासागरमा प्रत्येक १० करोड मेट्रिक टन पानीमा एक ग्राम सुन रहेको छ । समुन्द्रमा यति धेरै सुनको भण्डारण भएपनि किन बाहिर निकालिएको छैन भन्ने प्रश्न उठ्न सक्छ । यो काम त्यति सहज छैन । यसको कारण के हो भने समुद्रबाट सुन निकाल्न निकै महँगो पर्छ ।
वास्तवमा, एक लिटर समुद्री पानीमा एक ग्रामको १३ अर्ब भाग बराबर सुन हुन्छ। तर अहिले समुन्द्रको पानीबाट सुन निकालेर नाफा कमाउने सस्तो उपाय भने छैन । तर, समुद्रको पानीबाट सुन निकाल्ने प्रयास नभएको भने होइन । धेरै आविष्कारक र लगानीकर्ताहरूले यो प्रयास गरेका छन्। मिडिया रिपोर्टका अनुसार १८९० को दशकमा पास्टर फोर्ड जेर्नेगनले पारा र इलेक्ट्रिक ट्रिटमेन्टमार्फत लङ आइल्याण्ड साउन्डबाट सुन निकाल्ने योजना बनाएका थिए । यसका लागि उनले इलेक्ट्रोलाइटिक मरिन साल्ट कम्पनी बनाए र लगानीकर्ताबाट १० लाख डलर पनि उठाए । तर जेर्नेगन सबै पैसा लिएर भागे । त्यसपछि पनि धेरै व्यक्ति र संस्थाहरूले सुनलाई समुद्रको पानीबाट अलग गर्ने प्रयास गरे। तर उनले असफलताको सामना गरे ।