आईतवार, असार ८,२०८२ 09:50:41
  • आईतवार, असार ८,२०८२ 09:50:41
Global IME Bank Limited

मौद्रिक नीतिमार्फत सेयर धितोकर्जाको सीमालाई ८०% पुर्याउनुपर्ने सुझाव

Hyundai Nepal
मौद्रिक नीतिमार्फत  सेयर धितोकर्जाको सीमालाई ८०% पुर्याउनुपर्ने सुझाव
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशले सेयर धितोकर्जाको सीमालाई ८० प्रतिशत बनाउनु पर्ने सुझाव दिएको छ । महासंघले नेपाल राष्ट्र बैंकले तय गर्ने नयाँ मौद्रिक नीतिका सम्बन्धमा यस्तो सुझाव दिएको हो ।  

‘सेयर सुरक्षण राखी प्रवाह हुने कर्जाको हकमा सुरक्षणवापत राखिने सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको छ त्यस्तो कर्जाको सीमा कम्तिमा ८० प्रतिशत हुनुपर्छ,’ महासंघले सुझाव दिएको छ ।  

यस्तै महासंघले कर्जा पुनरतालिकीकरण वा पुनर्संंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पूँँजीकरण गर्न नपाइने ब्यवस्था रहेकोमा त्यसलाई असुल हुन बाँकी ब्याज पँुजीकरण गर्नुपर्ने सुझाव दिएको छ ।  

यस्ता छन् महासंघ कोशी प्रदेशले दिएका अन्य सुझाव ः

–घरजग्गा तथा रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात (लोन टु भ्यालु रेरियो) बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ । यसरी प्रवाह हुने कर्जाको सीमा ५० प्रतिशत भन्दा बढि बनाउनुपर्ने ।

CG Motors
Muktinath Bikas Bank Limited

–ऋण भुक्तानी आम्दानी अनुपातका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत र घर जग्गा खरिद÷निर्माण प्रयोजनमा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ७० प्रतिशत हुने गरी आय श्रोत देखाउनुपर्ने व्यवस्था बनाउनुपर्ने ।

–उद्योग व्यापारको प्रकृति अनुसार चालुपुँजीको आवश्यकता निर्धारित हुन्छ । तर हालको यस निर्देशिकाले सम्पूर्ण उद्योग व्यापारको बैज्ञानिक वर्गिकरण नगरी सबै उद्योग व्यवसायलाई एक समान सम्झिएर अव्यवहारिक नीति लादेको छ । उत्पादन मुलक उद्योगको लागि चालुपुँजी कर्जा वित्तिय रिर्पोटको अध्ययनको आधारमा निर्धारण गरिनु पर्दछ ।

–वर्किङ क्यापिटल लोनलाई वर्षमा एक पटक ७ दिनका लागि शुन्य गर्नुपर्ने व्यवस्था असान्दर्भिक छ, त्यसलाई खारेज गर्नुपर्ने,

ड्ड हालको व्यवस्थामा एड–होक एक पटक मात्र दिने व्यवस्था र अर्को पटक दिनु परेमा बीओडीबाट पास गराएर मात्र दिने व्यवस्था अव्यवहारिक छ । बैंकको उच्च व्यवस्थापनले पचासौं करोड ऋण स्वीकृत गर्नसक्ने हालको परिस्थितीमा सामान्य एड–होक कर्जाका लागि बीओडी देखाउनु कतिको व्यवहारिक छ ? अतः यसमा सुधार गरिनु पर्दछ ।

–त्रैमास अन्त्यमा हाल गरिएको व्यवस्थाल कर्जा दिन नपाउने सान्दर्भिक देखिदैन । व्यापारमा अवसरहरु कुनै पनि  बेला आउनसक्छ ।

ड्ड हाल एसएमई–एमएसएमईको पनि वित्तिय आवश्यकता निर्धारण गर्ने प्रयोगकर्ताको अडिट रिर्पोट विश्लेषण गर्ने परिपाटी छ । यस्ता स–साना व्यवसायहरुले तयार गरेका रिर्पोटहरु मुलत फर्म फिलिङ एक्साइज मात्र हो । प्राविधिक रुपमा नै यथार्थ नदेखिने तथ्याङकहरु विश्लेषण गर्नु र सोको आधारमा वित्तिय आवश्यकता निर्धारण गरिनु साँच्चै हास्यास्पद छ । यस्ता व्यवसायहरुका हकमा फरक तरिका (गुणात्मक परिधिहरु) तोकियोस र एसएमई विस्तार हुने वातावरण बनोस ।

–हालको व्यवस्थाले परमानेन्ट वर्किङ क्यापिटल तीन देखि दश वर्ष भन्ने तोकिएकोमा बाह्य व्यवसायिक वातावरणमा देखिएको सिथिलता र तरलताको अभावका कारण उद्योग प्रतिष्ठानको क्यास फ्लोले उक्त समयावधी भित्र भुक्तानी गर्न नसक्ने देखिन्छ ।

–टीआर कर्जा व्यवसायको वित्तिय आवश्यकताको समायावधि हिस्टोरिकल फाइनान्सियल रिपोर्ट अध्ययन गरी आवश्यकता अनुसारको समयसम्मका लागि उपभोग गर्न पाउनुपर्ने, ९० दिनको टीआर कर्जा अव्यवहारिक छ, यसमा सुधार गर्नुपर्छ,  

–हाल गरिएको भुक्तानीको अवस्थाको सट्टा व्यवसायको नगद प्रवाह हेरेर मात्र ऋण भुक्तानीको समयावधी तोक्ने अधिकार सम्बन्धीत बैंकलाई दिनुपर्ने,

–ऋणको प्रिमियम दर रिस्क बेस प्राइसिङको फ्रेम वर्क तयार बनाएर लागु गराउनु पर्दछ,  

–बिक्रिलाई आधार मानी वर्किङ क्यापिटल लोन लाई ४० प्रतिशतसम्म मात्र दिने व्यवस्था व्यवहारिक नभएको,

–ब्याजदरले व्यवसायमा अनिश्चितता बढाएको हुँदा ब्याजदरमा स्थायित्व ल्याउने उपायहरू मौद्रिक नीतिमा समावेश गरिनुपर्छ । ब्याजदर निर्धारणमा स्पष्ट, पारदर्शी तथा पूर्वसूचित मापदण्ड अपनाउनु उपयुक्त हुन्छ  

–आयातमा निर्भर व्यवसाय, विशेषतः कच्चा पदार्थ तथा प्रविधिमा आधारित उद्योगका लागि विदेशी मुद्रा विनिमयमा सहजता प्रदान गरिनुपर्छ ।

–डिजिटल पेमेन्ट प्रणालीमा शुल्क कटौती तथा प्रविधिको पहुँच विस्तार गर्नुपर्ने देखिन्छ। यसले व्यवसाय सञ्चालनमा लागत घटाउनेछ ।

–पछिल्ला केही वर्षका असहज परिस्थिति (कोभिड, महँगी, राजस्व संकट आदि) का कारण प्रभावित व्यवसायलाई राहत स्वरूप कर्जाको पुनः तालिकीकरणमा लचिलो नीति अपनाउनुपर्छ ।  

–निर्यातमुखी उद्योगलाई विदेशी मुद्रा आम्दानीमा टेवा दिने गरी लक्षित कर्जा सुविधा तथा ब्याज अनुदानको व्यवस्था गरिनु पर्दछ ।

–महिला, युवा तथा स्टार्टअप उद्यमीहरूका लागि विशेष कर्जा योजना, ब्याज अनुदान तथा सहुलियत कार्यक्रमको निरन्तरता र विस्तार हुनुपर्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.