बुधबार, असार ११,२०८२ 03:42:52
  • बुधबार, असार ११,२०८२ 03:42:52
Global IME Bank Limited

बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

Hyundai Nepal
बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । एसएमएल इसुजु सवारीसाधनहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ ।

लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ। नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ । नेपालको सन्दर्भमा विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्न सफल भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कार्यक्रममा १५० भन्दा बढी विभिन्न क्षेत्रका उद्यमिहरु सहभागी भएका थिए । कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमएल इसुजुको कम्पनी विवरण प्रस्तुत गरिएको थियो। त्यसपछि लक्ष्मी कमर्शियल भेहिकल्सका बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु सवारीसाधनहरूको प्रविधिक विशेषता र क्षमताबारे जानकारी गराएका थिए।

ग्राहक सन्तुष्टि र दीर्घकालीन साझेदारीको उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रको सन्दर्भमा एसएमएल इसुजु ब्रान्डप्रति विश्वास अझ सुदृढ भएको कम्पनीले जनाएको छ । भविष्यमा पनि यस्ता ग्राहकमुखी कार्यक्रम मार्फत ग्राहकहरूलाई एसएमएल इसुजु गुणस्तर, सेवा र बिक्रीपछिको सेवाको बारेमा जानकारी गराइँदै जाने लक्ष्मी कमर्शियल भेहिकल्सको योजना रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.