काठमाण्डौ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइज अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जस अन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत सर्तकताको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश दिन खोजेको छ ।
यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।
यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्य निष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत “कर्तव्यको मामलामा नो कम्प्रोमाइज भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाएका थिए ।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रि गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ र जस्तो सुकै परिस्थितीमा पनि आफ्नो नो कम्प्रोमाइजको बाचा पुरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रि वितरण गर्दै आईरहेको छ ।