बुधबार, जेष्ठ ६,२०८३ 12:57:29
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:57:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुलुकभर ५९% रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

Laxmi Sunrise Bank Limited
मुलुकभर ५९% रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा
Shivam Cement

काठमाण्डौ । देशभर हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालयका अनुसार देशभर ८ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।  

गत वर्ष यस भने यो अवधिसम्म ६७.७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि रोप्ने बेलामा कम पानी परेकाले रोपाइँ भने कम भएको बाली विकास निर्देशनालयले जनाएको छ । आइतबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९३.१ अर्थात् १ लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत अर्थात् ३४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा ७३.६८ प्रतिशत अर्थात् २२ हजार ३२१ हेक्टर, गण्डकी प्रदेशमा ६६.९९ प्रतिशत अर्थात् ६३ हजार हेक्टरमा,बागमती प्रदेशमा ७६.३१ प्रतिशत अर्थात् ९१ हजार ९८३ र कोशी प्रदेशमा ४१.३२ प्रतिशत अर्थात् १ लाख १४ हजार २११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  

निर्देशनालयका अनुसार सबैभन्दा कम मधेश प्रदेशमा ३३.७८ प्रतिशत अर्थात् १ लाख २५ हजार ८८८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X