शनिबार, श्रावण २४,२०८२ 06:48:51
  • शनिबार, श्रावण २४,२०८२ 06:48:51
Global IME Bank Limited

रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%

Hyundai Nepal
रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%
Shivam Cement

काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १५.५८ प्रतिशतको लाभांश क्षमता बनाएको छ । यो वर्षको सहित जोडेर बैंकको कुल लाभांश क्षमता १८.४२ प्रतिशत पुगेको छ ।  

अघिल्लो वर्षको यही अवधिमा बैंकको सो वर्षका लागि लाभांश क्षमता ४.०९ प्रतिशत तथा कुल लाभांश क्षमता १३.०६ प्रतिशतमा सीमित थियो । 

Shivam Cement
Muktinath Bikas Bank Limited

बैंकको अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब १३ करोडमा सीमित वितरणयोग्य मुनाफा बढेर २ अर्ब ८७ करोड बढी भएसँगै त्यसले लाभांश क्षमतामा पनि सुधार ल्याएको हो ।  

बैंकले समीक्षा अवधिमा ४ अर्ब १५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ८९ करोडमा सीमित थियो ।  

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ८४ करोडको उचाईमा पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब १३ करोडमा सीमित थियो ।  

अघिल्लो वर्ष १० अर्ब ५५ करोड रहेको खूद ब्याज आम्दानी केही घटी यो वर्ष ९ अर्ब ८२ करोडमा सीमित भए पनि रिकभरिमा ध्यान दिंदा लाभांश क्षमतासँगै नाफा बढ्न पुगेको देखिन्छ ।  

बैंकले गत वर्ष यही अवधिसम्म सम्भावित जोखिम तथा घाटा व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा २ अर्ब ४५ करोड छुट्याउनु परेको थियो, तर यो वर्ष १० करोड ६२ लाखमा मात्र छुट्याउनु परेको छ ।

 अघिल्लो वर्षको यही अवधिसम्म ३.९१ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ३.२६ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल देखिएसँगै त्यसले इम्पेयरमेन्ट चार्ज घटाएको र गत वर्ष राखेको रकम समेत रिभर्सल हुँदा नाफा ह्वात्तै बढी लाभांश क्षमता बढ्न पुगेको देखिन्छ । योसँगै बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १८.५६ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी बढेर २७.६३ रुपैयाँको उचाईमा पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९३ अर्ब  ५७ करोड रहेको छ भने कुल कर्जा २ खर्ब १३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कुल निक्षेप २ खर्ब ४३ अर्ब ६२ करोड निक्षेप तथा २ खर्ब ३ अर्ब ६१ करोड बढी कर्जा रहेको थियो ।  

यो अवधिमा बैंकको रिटर्न अन इक्वीटी(आरओई) ११.८८ प्रतिशत(गत वर्ष ८.७८ प्रतिशत), रिटर्न अन एसेट १.२३ प्रतिशत(गत वर्ष १ प्रतिशत), कस्ट अफ फण्ड ३.८१ प्रतिशत(गत वर्ष ५.८८ प्रतिशत) कायम भएको छ ।  

यसरी हेर्दा निश्कर्षमा चालु वर्षमा EPS र Net Profit दुवैमा उल्लेख्य सुधार भएको छ, जसले लाभांश वितरण क्षमता बढाएको छ।

NPL र Net NPL घट्नु सकारात्मक छ, जसले कर्जा असुली क्षमता र आन्तरिक नियन्त्रण सुधारिएको देखाउँछ।

निक्षेप र कर्जा विस्तार स्वस्थ दरमा भएको छ, तर बजार ब्याजदर चापका कारण भविष्यमा ब्याज मार्जिनमा चुनौती आउन सक्छ।

पूँजी पर्याप्तता अनुपात १३% मा स्थिर रहनुले बैंक नियामकीय मापदण्डभन्दा माथि छ र विस्तार क्षमतामा बलियो देखिन्छ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.