आईतवार, श्रावण २५,२०८२ 08:56:45
  • आईतवार, श्रावण २५,२०८२ 08:56:45
Global IME Bank Limited

हुन्डाई नेपाल : अग्रसर प्रगतिको अग्रिम सोच र सफलताका सपनातर्फ अग्रसर

Hyundai Nepal
हुन्डाई नेपाल : अग्रसर प्रगतिको अग्रिम सोच र सफलताका सपनातर्फ अग्रसर
Shivam Cement

काठमाण्डौ । फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो र सम्मानित धरोहर निर्माण गरेको छ।

हुन्डाई नेपालले सुरुवातमा एक विश्वासनीय आयातकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो, र अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ। विगतका वर्षहरूमा यसले Santro, Grand i10 NIOS, i20, Aura, Venue, Verna, Creta, Tucson, Santa Fe र Palisade जस्ता लोकप्रिय मोडेलहरू बजारमा ल्याएको छ। यसका साथै IONIQ 5 Electric, Kona Electric रCreta Electric जस्ता आधुनिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध छन्, जसले भरपर्दोपन, इन्धन बचत र स्थायित्वका लागि परिचित बनाएका छन्।

Shivam Cement
Muktinath Bikas Bank Limited

ग्राहकलाई उच्च प्राथमिकता दिँदै, कम्पनीले आधुनिक र पूर्ण सुविधा सम्पन्न शोरूम, अत्याधुनिक सर्भिस सुविधा, र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिम प्राप्त प्रमाणित प्राविधिकहरूको बलियो संयन्त्र सञ्चालनमा ल्याएको छ। यसले बिक्रीपश्चात सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाएको छ।

२८ गते वैशाख २०८१ सालमा लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार असेंबली प्लान्टको उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारी साधनहरूको युगको सुरुवात गरेको हो। भेन्यू मोडेलसँग उत्पादन शुरू भएको थियो, र पछि क्रेटा मोडेलको उत्पादन पनि सुरू गरिएको छ। भविष्यमा थप मोडेलहरूको उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।यस उपलब्धिले नेपालका अटोमोटिभ उद्योगमा नयाँ युगको सुरुवात गर्दै, स्थानिय निर्माण र राष्ट्रिय गर्वको प्रवर्द्धन गरेको कम्पनीको भनाई छ । यस सफलता र गतिबाट, हुन्डाईले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अभूतपूर्व ग्राहक प्रतिक्रिया प्राप्त गर्योो, जसले यसलाई नेपालका एक विश्वासनीय र सम्मानित ब्राण्डको रूपमा अझ मजबुत बनाएको छ।

सन् २००९ मा विश्वसनीय आयातकर्ताको रूपमा सुरु भएको हुन्डाई नेपालको यात्रा आजको ‘मेड इन नेपाल’ को उपपलब्धिसम्म, दृष्टि, दृढता र ग्राहक सन्तुष्टिप्रतिको अटुट प्रतिबद्धताको प्रतिक हो। 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.