काठमाण्डौ । The Export and Import Bank of China (एक्जीम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि ¬(१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । एक्जिम बैंकको चीनस्थीत सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र एक्जिमबैंकबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको हो ।
उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र एक्जिमको तर्फवाट सिचुवान शाखाकी उपाध्यक्ष वु यानहुईले हस्ताक्षर गरे । उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एक्जिम बैंक सिचुवान शाखाका अध्यक्ष च्यान सेङग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लियो बिन समेतको उपस्थिति रहेको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गरेकोमा सबै सरोकारवालाहरुप्रति आभार व्यक्त गरे । साथै,एक्जिम बैंकसँगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तरष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले उर्जा जलविद्युत, व्यापार पूर्वाधार, लगाएतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।
त्यसैगरी एक्जिम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यका लागी सानिमा बैंकको भूमिका महत्वपूर्ण हुने बताउँदै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।