काठमाण्डौ। संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार बसेको समितिको बैठकमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रामहरी खतिवडालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जसलाई नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
जसपश्चात ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले खतिवडालाई निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन् ।
यसअघि खतिवडा राज्य व्यवस्था समितिको सभापति थिए । कुलिङ पिरियडको विषयमा प्रश्न उठेसँगै खतिवडाले समितिबाट राजीनामा दिएका थिए ।