काठमाण्डौ । कोशी प्रदेश सरकारले बाढी र पहिरोबाट विस्थापितहरुका लागि घर पुननिर्माण गर्ने भएको छ । गत शुक्रबार र शनिवारको वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुका लागि कोशी प्रदेश सरकारले घर बनाइदिने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने निर्णय गरेको हो ।
बाढीपहिरो प्रभावितका लागि घर निर्माणका लागि प्रदेश सरकारले विपद कोष र चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न शीर्षकको बजेटलाई रकमान्तर गर्नेछ ।
परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।