काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिनमात्रै सेयर कारोबार भयो । ३ दिनको कारोबारमा बजार २ दिन घट्यो भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६६३.५१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५८२ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ३ दिनको कारोबारमा बजार ८१.५३ अंकले घट्यो ।
यो साता ३ दिनको कारोबारमा १५ अर्ब ६६ करोडको सेयर कारोबार भयो । यो साता बजार घट्दा बजार पूँजीकरणमा पनि गिरावट आयो । अघिल्लो साता ४४ खर्ब ५२ अर्ब रहेको बजार पूँजीकरण यो साता घटेर ४३ खर्ब १६ अर्बमा सीमित बन्यो । यस हिसाबले यो साता बजार पूँजीकरणमा १ खर्ब ३६ अर्बको गिरावट आयो ।
प्राविधिक रुपमा अहिलेको बजारको अबस्था कस्तो ?
सपोर्ट एण्ड रेसिट्यान्सको आधारमा
प्राविधिक रुपमा बजार घट्दा कति सम्म तल आउन सक्छ र बढ्दा कतिसम्म माथी पुग्न सक्छ भनेर विश्लेषण गर्ने मूख्य आधार भनेका अघिल्लोपल्टका सपोर्ट एण्ड रेसिस्ट्यान्सका विन्दु नै हुन् ।
त्यसैगरि, फिवोनासी एक्सटेन्सन र रिट्रेसमेन्ट तथा पिभट् मार्फत पनि बजारको उतारचढावको विश्लेषण गर्ने गरिन्छ । यी आधारमा हालको बजारलाई प्राविधिक रुपमा नियाल्दा ३ हजारबाट खसेको बजार अहिले मुख्य सपोर्टको विन्दुमा रहेको छ । अर्थात २५८० को विन्दु मूख्य सपोर्टको विन्दु हो ।
तर यसको अर्थ बजार यहाँबाट तल जाँदे जान्न भन्न खोजेको भने होइन । प्राविधिक रुपमा यदि बजारले एउटा सपोर्टको विन्दु भत्काएको खण्डमा अर्को नजिकको सपोर्ट खोज्नु नै मूख्य काम हो ।
त्यसैगरि, बढ्दो गतिमा रहेको बजारमा एउटा प्रतिरोध ब्रेक गरेको खण्डमा अर्को प्रतिरोध खोज्ने पनि हो । जसमा भोल्युम र कारोबारको विश्लेषण पनि मूख्य रहन्छ । जसमा नेपालको हालसम्मको बजारको कारोबार र भोल्युमबाट नियाल्दा २० दिने मुभिङ एभरेज रेखा मूख्य रहन्छ ।
बजार यो रेखाभन्दा माथी टिकेर कारोबार भएको खण्डमा बजार अप ट्रेन्डमा र यो भन्दा तल गएमा बजार डाउन ट्रेन्ड भएको देखिन्छ । यस हिसाबले हालको बजारको औषत कारोबार करिब ६ अर्ब माथि टिकेर नभएसम्म बजार डाउन ट्रेन्ड नै हो ।
अहिले घटिरहेको बजारको २४६० देखि २५६० विन्दुसम्मको विन्दु भनेको मूख्य सपोर्टको तह देखिन्छ । यी विन्दुभित्र रहेसम्म बजार बुलभित्रै कै करेक्सन मान्न सकिन्छ । तर यहाँबाट पनि बजार तल जान्छ भने प्राविधिक रुपमा डाउ थउरी र स्मार्ट मनी कन्सेप्ट सबै तिरबाट नियाल्दा केही समयको लागि बुल सकिएको नै निचोड निकाल्न सकिन्छ । यद्यपी बजारको हालको अबस्था त्यस्तो भने होइन ।
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआईका आधारमा
यसपटक हामीले बजारलाइ्र्र साप्ताहिक र मासिक रुपमा बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआईमार्फत नियाल्ने प्रयास गरेका छौं । साप्ताहिक रुपमा यी इन्डिकेटरबाट नियाल्दा करिब डेढ महिना पहिले मध्य ब्याण्डबाट खसेको बजारले मध्य ब्याण्ड अर्थात २७२० भन्दा माथी जान सकेको अबस्था देखिदैन ।
अपर ब्याण्ड र लोवर ब्याण्ड केही फराकिलो भएको कारण बजारमा उतारचढाव भएको देखिन्छ । म्याक्डी र आरएसआई दुबैमा वियरिस देखिन्छ । मासिक रुपमा नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ ।
म्याक्डीमा भने बजार करिब वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ बनेको छ । आरएसआई पनि घट्दो क्रममा देखिन्छ । मासिक रुपमा बजारलाई यी इन्डिकेटरबाट नियाल्दा तत्काल बजारले २५६० आसपासबाट फर्कन आवश्यक देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिममूल्यलाई आधार मानीयसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ३०९२
प्रतिरोध २ – २९५४
प्रतिरोध १– २८०९
पिभट् प्वइन्टः २६४६
घटेमा सपोर्ट
सपोर्ट १– २५००
सपोर्ट २– २३३७
सपोर्ट ३ –२१९२

निष्कर्षः दशैपछि खुलेको सेयरबजारमा तीव्र उतारचढाव आयो । २ दिन लगातार १०४ अंकले घटेको बजारमा अन्तिम कारोबारको दिन ४ प्रतिशतको सकारात्मक सर्किट लाग्यो । तर अन्त्यमा बजार २२.५९ अंकले बढेर बन्द भयो । यस हिसाबले यो साताको बजारमा तीव्र उतारचढाव देखियो ।
खासगरि, पछिल्लोपटक फेरिएको राजनीतिक अवस्थाले सेयर लगानीकर्ताहरुमा अन्यौल देखिन्छ । प्रयाप्त तरलता र तल्लो विन्दुमा ब्याजदर रहेतापनि राजनीतिक अस्थिरता, आन्दोलनको क्षति र त्यसपछिको बाढीपहिरोको क्षतिले बीमा लगाएतका क्षेत्रमा के कति क्षति भयो ? भन्ने विषयमा लगानीकर्ता अन्यौलतामा रहँदा यो सातापनि सेयर बजारमा खासै गति आउन सकेन ।
यस कारण आगामी दिनमा पनि राजनीतिक निकास तथा क्षतिको यथार्थ विवरण प्रष्ट नभएसम्म सेयर बजारले तत्काल ठूलो फड्को मारिहाल्छ भन्न कठिन देखिन्छ । तर पनि लगानीका अन्य क्षेत्र खुम्चिएका कारण अधिक तरलताको अवस्थामा राष्टबैंकको सहज नीतिका कारण बैंक तथा वित्तीय क्षेत्र र संस्थागत लगानीकर्ताहरुले पूँजीबजारमा लगानी बढाएको खण्डमा बजारले युर्टन मार्न सक्ने सम्भवना पनि त्यतिकै रहन्छ ।
प्राविधिक रुपमा भने ३ हजारको विन्दुबाट खसेको बजार हाल एउट बलियो सपोर्ट विन्दुमा रहेको देखिन्छ । यस कारण २४६० भन्दा माथी सेयर बजार रहेसम्म हालको करेक्सन बुलभित्रकै करेक्सन हो भन्न सकिन्छ । किनकी अघिल्लो पल्ट ३ हजारबाट खसेको बजारले यहि विन्दुमा सपोर्ट लिएर फर्केको थियो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।