सोमबार, असार २,२०८२ 01:06:54
  • सोमबार, असार २,२०८२ 01:06:54
Global IME Bank Limited

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह

Hyundai Nepal
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योगमन्त्री भण्डारीलाई सिंहदरवारमा भेटवार्ता गर्दै निर्यात गृहको अवधारणा अविलम्ब लागु गर्न आग्रह गरेको हो ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय उत्पादनहरुको एकीकृत प्रर्वद्धन, बजारीकरण एवं गुणस्तर मापन पछि एकद्धार प्रणाली मार्फत निर्यात गर्नसातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ ।’

चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई सुझाव दिएको छ । रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भईरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमुलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको भन्दै चेम्बरले संसदमा विचाराधिन आर्थिक विधेयकहरुलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्न समेत आग्रह गरेको छ । सरकारले बैशाख तेस्रोसाता अन्तराष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरु बाधक रहेकाले समयमै समस्या हल गर्न आग्रह गरेको छ । वर्तमान समयमा कालोबजार ऐन २०३२ का कतिपय प्रावधानहरु असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्न पनि चेम्बरले आग्रह गरेको छ ।

स्थानीय श्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीवुटी एवं बनजन्य उद्योगहरुमा आवश्यक कानून बनाई निर्यात प्रर्वद्धन गरिनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।

एकद्धार प्रणालीमा आधारित स्थायी संयन्त्र मार्फत बजार अनुगमन गरिनुपर्नेमा चेम्बरले जोडदिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुख पाईरहेको कताए । उनले उद्योगी व्यवसायीलाई पहिला सुन्ने अनि मात्रै कानूनी प्रक्रीयामा जान पनि आग्रह गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.