सोमबार, जेष्ठ ४,२०८३ 03:05:33
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:05:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विराटनगरमा प्रोटोन ईमासको शोरुम उद्घाटन

Laxmi Sunrise Bank Limited
विराटनगरमा प्रोटोन ईमासको शोरुम उद्घाटन
Shivam Cement

काठमाण्डौ । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज देशका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ ।

नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको कम्पनीले जनाएको छ । ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । उच्चस्तरीय ग्राहक अनुभवका लागि डिजाइन गरिएको यो अत्याधुनिक सुविधा केन्द्रमा, विस्तृत बिक्री परामर्श,प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पार्ट्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ, जसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनिले जनाएको छ ।

Bizshala
New Office
CG Motors

उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा नाडा कोशीका अध्यक्ष दिल्ली राम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी, विशिष्ट अतिथिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजित गरिएका थिए, जसले इभि प्रेमी तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गरेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘'विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहँदै आएको छ । यो नयाँ थ्रीएस शोरुममार्फत हामी ग्राहकलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउँदैछौं ।'

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.