आईतवार, जेष्ठ ३,२०८३ 02:53:32
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:53:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

Laxmi Sunrise Bank Limited
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
Shivam Cement

काठमाण्डौ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका निर्णयहरूमा राष्ट्रिय अनुसन्धान विभाग, सहकारी संस्थाको व्यवस्थापन, अन्तर्राष्ट्रिय समझदारीपत्र, पेट्रोलियम नीति र लेखा परीक्षण सेवा सम्बन्धी निर्णयहरू रहेका छन्।

उनका अनुसार बैठकले निम्न निर्णयहरू गरेको छः

-अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय।

-समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी कार्यका लागि व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय।

Bizshala
New Office
CG Motors

-जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय।

-नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय।

-नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय।

Garima Development Bank
Shivam Cement
IME remit

-पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय।

-वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय।

-नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.