शनिबार, जेष्ठ २,२०८३ 12:36:10
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 12:36:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्त्री सीता वादीको सम्पत्तिको नाममा २० वटा कुखुरा, बैंकमा १५ लाख बचत

Laxmi Sunrise Bank Limited
मन्त्री सीता वादीको सम्पत्तिको नाममा २० वटा कुखुरा, बैंकमा १५ लाख बचत
Shivam Cement

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार मन्त्री वादीको स्वामित्वमा विभिन्न चल तथा अचल सम्पत्तिहरू रहेको उल्लेख गरिएको छ।

सार्वजनिक विवरणमा मन्त्री वादीसँग २० वटा कुखुरा र एक वटा कुकुर रहेको जनाइएको छ। त्यस्तै, उनको नाममा एक स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल फोन रहेका छन्। उनका श्रीमान्को नाममा भने पल्सर मोटरसाइकल रहेको उल्लेख छ।

Bizshala
New Office
CG Motors

आर्थिक विवरणतर्फ, मन्त्री वादीसँग नगद ५० हजार रुपैयाँ रहेको छ भने उनी र उनका श्रीमान्को संयुक्त नाममा बैंकमा १५ लाख रुपैयाँ मौज्दात रहेको जनाइएको छ।

गरगहनातर्फ उनले १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेकी छन्। उक्त सुनचाँदी विवाहका क्रममा प्राप्त भएको विवरणमा जनाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

अचल सम्पत्तितर्फ मन्त्री वादीको नाममा सुर्खेत मा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको सार्वजनिक गरिएको छ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानअनुसार मन्त्री वादीले उक्त विवरण सार्वजनिक गरेकी हुन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.