आईतवार, जेष्ठ ३,२०८३ 02:05:18
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:05:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लिपुलेक विवादमा नेपाल सरकारको कूटनीतिक अडान पुनः सार्वजनिक, चीनलाई पनि गरायो आधिकारिक जानकारी

Laxmi Sunrise Bank Limited
लिपुलेक विवादमा नेपाल सरकारको कूटनीतिक अडान पुनः सार्वजनिक, चीनलाई पनि गरायो आधिकारिक जानकारी
Shivam Cement

काठमाण्डौं । परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको अडान पुनः दोहोर्‍याउँदै दुवै छिमेकी देशलाई आफ्नो धारणा औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार लिपुलेक हुँदै भारत–चीनबीच प्रस्तावित कैलाश मानसरोवर यात्राबारे नेपालले कूटनीतिक माध्यमबाट आफ्नो स्पष्ट आपत्ति र सरोकार दुवै देशलाई अवगत गराइसकेको छ।

Bizshala
New Office
CG Motors

उनले १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका सबै भू–भाग नेपालको भएकोमा सरकार स्पष्ट रहेको बताए।

साथै, उक्त क्षेत्रमा सडक निर्माण, सीमा व्यापार तथा तीर्थाटनजस्ता गतिविधि नगर्न नेपालले भारतलाई निरन्तर आग्रह गर्दै आएको पनि मन्त्रालयले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले लिपुलेक नेपालको भू–भाग भएको विषय चीनलाई समेत औपचारिक रूपमा जानकारी गराइसकेको स्पष्ट पारेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सीमा विवादको समाधान ऐतिहासिक सन्धि, प्रमाण र नक्साका आधारमा कूटनीतिक संवादमार्फत मात्र सम्भव हुने अडान नेपालले कायम राखेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.