शनिबार, जेष्ठ २,२०८३ 06:21:42
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:21:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वोच्चको आदेशपछि पनि कोहलपुरमा डोजर र प्रहरी परिचालन, डोजरसहित प्रहरी परिचालन भएपछि तनाव

Laxmi Sunrise Bank Limited
सर्वोच्चको आदेशपछि पनि कोहलपुरमा डोजर र प्रहरी परिचालन, डोजरसहित प्रहरी परिचालन भएपछि तनाव
Shivam Cement

काठमाण्डौं । कोहलपुर नगरपालिकाले बाँकेको कोहलपुरस्थित सुकुम्वासी बस्ती खाली गराउने अभियानलाई शनिबार थप कडाइ गर्दै डोजर र ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।  

नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि अभियान जारी राखिएको भन्दै स्थानीयस्तरमा विवाद चर्किएको हो ।

Bizshala
New Office
CG Motors

शुक्रबार सर्वोच्च अदालत ले सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरेर हटाउने कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो ।  

तर, स्थानीय बासिन्दाका अनुसार अदालतको आदेश आएको एक दिन नबित्दै नगरपालिकाले माइकिङ गर्दै बस्ती खाली गर्न दबाब दिएको र प्रहरीसहित डोजर परिचालन गरेको हो ।

नगरपालिकाले जारी गरेको १० दिने सूचना शनिबारबाट सकिएको थियो । त्यसपछि केही परिवार बस्ती छाडेर गएका भए पनि धेरै परिवार अझै स्थानमै रहेका छन् ।

प्रभावितहरूले वैकल्पिक बसोबासको सुनिश्चितता नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

बस्ती क्षेत्रमा स्थानीयवासीले नाराबाजी गर्दै पहिला सुरक्षित पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने र त्यसपछि मात्र हटाउने प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् ।

बीरबहादुर थापा का अनुसार नगर विकास समितिको जग्गामा हाल ७ सय ५१ वटा घरटहरा रहेका छन् ।  

तीमध्ये १ सय ७२ भूमिहीन दलित, १ सय ६३ सुकुम्वासी र ४ सय १६ अव्यवस्थित बसोबासी परिवार रहेको तथ्याङ्क छ ।

नगरपालिकाले वास्तविक सुकुम्वासीका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएको र हालसम्म ६० परिवार त्यहाँ स्थानान्तरण भइसकेको जनाएको छ ।

यसैबीच, कोहलपुर नगरपालिका ले अदालतको आदेश नगर विकास समितिको जग्गामा लागू नहुने दाबी गर्दै छुट्टै सूचना सार्वजनिक गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.