शनिबार, जेष्ठ २,२०८३ 11:19:04
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:19:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

याङ्गो राइडले चितवनमा विस्तार गर्यो ड्राइभर नेटवर्क प्रोग्राम

Laxmi Sunrise Bank Limited
याङ्गो राइडले चितवनमा विस्तार गर्यो ड्राइभर नेटवर्क प्रोग्राम
Shivam Cement

काठमाण्डौ । ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा याङ्गो राइडले आफ्नो पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाण्डौ बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई याङ्गो प्रोमा जोडिन आमन्त्रण गरेको छ ।

कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो, जहाँ याङ्गो नेपाल प्रमुख मेनेजर सन्तोष पान्डे सहित हेडक्वाटर र लोकल टीमका सिनियर अफिसियल्स सहभागी भएका थिए । कार्यक्रममा चालक दर्ता, अभिमुखीकरण सत्र, अन्तरक्रियात्मक गेमहरू, उपहार वितरण,इन्धन कार्डहरू, ब्रान्डेड ब्यागहरू, क्यापहरू, ब्रान्डेड सामग्रीहरू र खाना स्टलहरू राखिएको थियो ।

Bizshala
New Office
CG Motors

याङ्गो राइडले एप मार्फत ड्राइभर पार्टनरहरू लाई काम गर्ने समय र माग अनुसार महिनामा रु. १ लाखसम्म कमाउन सक्ने अवसर रहेको जानकारी दिएको थियो ।

याङ्गो नेपाल प्रमुख सन्तोष पान्डसन्तोष पान्डले भनेः ‘अवसर भूगोलले सीमित हुनु हुँदैन। चितवनमा यो कार्यक्रम गरेर हामी मेहनती चालकहरूलाई याङ्गो प्लेटफर्म मार्फत राम्रो आम्दानीको सम्भावनासँग जोड्न चाहन्छौं।’

Garima Development Bank
Shivam Cement
IME remit

उनले थपे, ‘यो चितवनका लागि मात्र होइन, नेपालका जुनसुकै ठाउँका इच्छुक व्यक्तिहरू काठमाडौँ आएर हाम्रो पार्टनर अफिसमा सम्पर्क गर्न सक्छन्। हाम्रो लक्ष्य नेपालका सबै प्रमुख शहरहरूमा सेवा विस्तार गर्नु हो ।’

यो कार्यक्रम काठमाण्डौ बाहिर पनि नेपाली नागरिकहरूलाई आफ्नो समय अनुसार काम गर्ने सुविधा, आत्मनिर्भरता र राम्रो आम्दानी गर्ने अवसर दिन याङ्गोको महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.