आईतवार, जेष्ठ ३,२०८३ 02:08:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:08:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्घाखाँची पाणिनी–८ दुर्गाफाँटमा बस दुर्घटना, २४ घाइते, दुई गम्भीर

Laxmi Sunrise Bank Limited
अर्घाखाँची पाणिनी–८ दुर्गाफाँटमा बस दुर्घटना, २४ घाइते, दुई गम्भीर
Shivam Cement

काठमाण्डौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका क्षेत्रमा मंगलबार भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Bizshala
New Office
CG Motors

प्रहरीका अनुसार पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएका यात्रुहरू लिएर गएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनामा परेको हो।

बस पाणिनी गाउँपालिका–८ स्थित दुर्गाफाँट–कुडुले सडक खण्डमा अचानक अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।  

सो स्थान पहाडी र घुम्ती सडक भएको कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

दुर्घटना लगत्तै स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो।  

बसमा फसेका यात्रुहरूलाई स्थानीयको सहयोगमा बाहिर निकालिएको र घाइतेहरूलाई प्राथमिक उपचार प्रदान गरिएको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए।

Garima Development Bank
Shivam Cement
IME remit

घटनास्थलमा खटिएका अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीका अनुसार उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।  

उनका अनुसार केही घाइतेहरूलाई अवस्था गम्भीर देखिएकाले तत्कालै एम्बुलेन्समार्फत नजिकैका स्वास्थ्य संस्थामा पठाइएको छ।

हाल घाइतेहरूको उपचारका लागि अर्घाखाँची अस्पताल र पाल्पा जिल्ला अस्पतालमा पठाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।  

गम्भीर घाइतेहरूको अवस्था नाजुक रहेकाले थप उपचारका लागि अन्य अस्पतालमा रेफर गर्ने तयारीसमेत भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारण अझै स्पष्ट नभएको बताउँदै प्राविधिक अनुसन्धान र घटनास्थलको अध्ययन जारी रहेको जनाएको छ।  

प्रारम्भिक रूपमा सडकको अवस्था, तीव्र मोड र सम्भावित मानवीय त्रुटिलाई समेत ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.