सोमबार, मंसिर १५,२०८२ 11:54:36
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:54:36
Bizshala
Global IME Bank Limited

लागू औषधका कुख्यात माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न अस्विकार

Hyundai Nepal
लागू औषधका कुख्यात माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न अस्विकार
Shivam Cement

काठमाण्डौ । युरोपेली अदालतलले कोलम्बियाका कुख्यात लागू औषध माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कमा रुपमा दर्ता नगर्न निर्देशन दिएको छ । युरोपमा पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न पाब्लोका भाईले दिएको निवेदनलाई युरोपको अदालतले अस्विकार गरेको हो ।  

युरोपको अदालतले इयुको बौद्धिक सम्पत्ति कार्यालय(ईयुआईपीओ)को यसअघिको निर्णयलाई सदर गर्दै स्कोबारको नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न नसकिने जनाएको हो । ईयुआईपीओ सन् २०२२ मा स्कोबारको नाम ट्रडमार्कको रुपमा दर्ता गर्न नसकिने फैसला गरेको थियो ।  

ईयूआईपीओले पाब्लो एस्कोबारको नामलाई कोलम्बियामा गरिबहरूको पक्षमा उनको सम्भावित असल कार्यहरूसँग नभई लागूऔषधको तस्करी र नार्को–आतंकवाद र अपराध र त्यहाँबाट निम्त्याएको पीडासँग जोड्ने तथ्य फेला पारेकाले स्कोबारको नाम ट्रेर्डमार्कमा रुपमा दर्ता गर्न नसकिने जनाएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

पाब्लो स्कोबारको नाममा उनका भाई रोर्बटो डि जिसस स्कोबार गाभिराले ‘स्कोबार इंक’ नामक कम्पनी स्थापना गरेका थिए । उनले आफ्ना दाईको आपराधिक संगठनमा संलग्न भएको आरोपमा १२ वर्ष जेल सजाय पाएका थिए ।    

गाभिराले सन् २०२० मा उनको कम्पनीले फोल्ड गर्न मिल्ने ‘स्कोबार फोल्ड वान’नामक स्मार्टफोन लञ्च गर्ने बताएका थिए । कम्पनीको वेबसाइटका अनुसार अहिले कम्पनीले ‘स्कोबार क्यास’नामक क्रिप्टोकरेन्सी बिक्री गरिरहेको छ ।  

पाब्लो स्कोबारले विश्वकै सबैभन्दा शक्तिशाली आपराधिक संगठन‘मिडिलिन कार्टेल’ सञ्चालन गरेका थिए । उनले सन् १९८७ कोकिनको तस्करी गरेर ३ बिलियन डलर आर्जन गरेको फोब्र्सले सन् १९८७ मा जनाएको थियो ।  

स्कोबार जिवित छँदा र उनको मृत्युपछि कार्टेलसँग सम्बन्धित हिंसामा हजारौंले ज्यान गुमाएका थिए । स्कोबारलाई सन् १९९३ मा गोलि हानि हत्या गरिएको थियो ।  -एजेन्सी

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.