बुधबार, असार १०,२०८३ 08:50:01
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:50:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नीति तथा कार्यक्रम विवादमा कोशी प्रदेशसभा बन्यो रणभूमि, पूर्वमुख्यमन्त्री राईले भाँचे माइक

Laxmi Sunrise Bank Limited
नीति तथा कार्यक्रम विवादमा कोशी प्रदेशसभा  बन्यो रणभूमि, पूर्वमुख्यमन्त्री राईले भाँचे माइक

काठमाडौं । कोशी प्रदेशको प्रदेशसभा बुधबार तनावग्रस्त बनेको छ ।  

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच तीव्र विवाद चर्किएपछि बैठक अवरुद्ध मात्र भएन, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले रोस्टमको माइक नै भाँच्ने घटना पनि भएको छ ।

New Office
CG Motors
Garima Development Bank

विवादको केन्द्रमा नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव परेको छ ।

विपक्षी दलका सांसदहरूले आफूहरूलाई संशोधन प्रस्ताव दर्ता गर्न समय नदिई सरकारले प्रक्रिया मिचेर नीति तथा कार्यक्रम पारित गराएको आरोप लगाएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए ।  

त्यसपछि सभामुख अम्बरबहादुर विष्ट ले कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरी पारित गराएका थिए ।

तर, विपक्षी सांसदहरूले संशोधन प्रस्ताव हाल्नुपर्ने संवैधानिक र संसदीय अधिकार खोसिएको भन्दै बुधबार बैठकमै चर्को विरोध जनाए ।

विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले नियमावली उल्लंघन भएको आरोप लगाउँदै रोस्टम घेराउ र नाराबाजी गरेका थिए ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले १७ जना विपक्षी सांसदले संशोधन प्रस्ताव राख्न चाहेको भएपनि सभामुखले त्यसका लागि आवश्यक समय र प्रक्रिया उपलब्ध नगराएको आरोप लगाए ।  

उनले “संसदीय प्रक्रिया नै मिचिएको अवस्थामा नीति तथा कार्यक्रम वैधानिक मान्न सकिँदैन” भन्ने धारणा राखेका थिए ।

तनाव बढ्दै जाँदा सभामुखले बैठक सञ्चालनका लागि निर्मला तावा लिम्बू लाई बोल्न समय दिएका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसलगत्तै विपक्षी सांसदहरू रोस्टमतर्फ पुगेका थिए । सोही क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले माइक भाँचिदिएपछि बैठक थप तनावपूर्ण बनेको थियो ।

माइक तोडिएको घटनापछि सभामुख विष्ट आक्रोशित बनेका थिए भने सत्ता पक्षीय सांसदहरूले विपक्षी दलले नै कार्य व्यवस्था परामर्श समितिको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रदेशसभा सञ्चालन नियमावलीको दफा ३७ लाई लिएर पनि विवाद चर्किएको छ ।  

विपक्षी दलले उक्त व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पाउनुपर्ने दाबी गरेका छन् ।  

तर, सभामुखले “उपयुक्त ठहरिएमा मात्रै संशोधन स्वीकार गर्न सकिने” व्याख्या गर्दै आएका छन् ।

तनावका बीच सांसद राईले सभामुखलाई “तपाईं आफ्नो बाटो जानुस्, हामी हाम्रो बाटो जान्छौँ” भन्दै कडा अभिव्यक्ति दिएका थिए ।  

लामो समयसम्म सत्ता–प्रतिपक्षबीच आरोप–प्रत्यारोप र नाराबाजी चलिरहेपछि प्रदेश सभा बैठक अन्ततः आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

कोशी प्रदेशसभामा देखिएको यो टकरावलाई केवल प्रक्रियागत विवाद मात्र नभई आगामी बजेट, सत्ता–प्रतिपक्ष सम्बन्ध र प्रदेश सरकारको राजनीतिक स्थायित्वसँग जोडेर समेत हेरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.